धरान / मालपोत कार्यालय धरानका पूर्व मालपोत अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराईले सरकारी कागजातलाई सच्याई एक व्यक्तिको नाममा भएको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै ५ जनामाथि विशेष अदालतमा मुद्दा परेको हो ।
हाल सुनसरीको गढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेको भट्टराईको निर्देशनमा कर्मचारीले गलत लिखत तयार पारेको र सरकारी कागजात सच्याएर व्यक्तिगत प्रलोभनमा परेको ठहर गदैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही गर्न माग गरिएको छ ।
उनीहरुले खगेन्द्रकुमारी गिरीको नाममा धरान– ११ मा रहेको जग्गालाई धरान १४ का कर्णबहादुर राईले आमा खगेन्द्रकुमारी राईको नाममा पारेका थिए । खगेन्द्रकुमारी गिरीको मृत्यु भए पछि हकवालाहरूले थाहा नपाई कर्णबहादुर राईले आफ्नी आमाको नाममा कायम गराएको थिए । सो काम गर्न उनीहरुले मोटो रकम दिई भट्टराईलाई प्रयोग गरेका थिए ।
भट्टराईसँग तत्कालीन मालपोतका सुब्बा डिल्लीराम कोइराला, तत्कालीन नापी कार्यालयका सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लोे र जग्गा नामसारी गर्ने प्रमुख मतियारको रूपमा कर्णबहादुर राई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रबक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । आफ्नी आमाको जग्गा अर्कै व्यक्तिको नाममा गएको थाहा पाएपछि हकवालाले अख्तियारमा उजुरी गरेका थिए ।
साबिक धरान नगरपालिका वार्ड नम्बर– ११(ग) कित्ता नम्बर ३५ र ३६ को खगेन्द्रकुमारी गिरीको नाममा रहेको जग्गा कृते गरि खगेन्द्रकुमारी राईको कागज सच्याई कर्णबहादुर राईको नाममा ल्याएका थिए । हिजो नै मुद्धा दायर भए पनि उनी ४ महिनाका लागि निलम्बनमा परेका छन् । अदालतको म्याद ४ महिना रहेकाले सो अवधीभरका लागि अधिकृत भट्टराई निलम्बनमा परेको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । धरानमा मालपोतमा हुदा कृते आरोपमा उनी निलम्बनमा परेको अध्यक्ष यादलवले पुष्टी गरे ।
यस्तो छ कारबाही र जरिवानाको माग दाबी