सिरहा /  सिरहाको मिर्चैया वडा नम्बर ६ स्थित कटारी चौकमा स्थानीयले सडक अवरुद्ध पारेको छ । करिब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानीयहरुले सडक अबरुद्ध गरेका हुन् ।
सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुषण गरेको स्थानीयहरुको आरोप छ । सयौंको संख्यामा दिनहुँ टिपर चले पनि सडकमा नियमित रुपमा पानीसमेत नहाल्दा यहाँको जनताको स्वास्थ्यमा नै खतरा उत्पन्न गरेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादवले जानकारी दिए ।
मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक १ हजार भन्दा बढी टिपर सिद्धिचरण राजमार्गमा चल्छ । ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुषण गरेको स्थानीयको आरोप छ । यति धेरै टिपर चलेपनि सडकमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय बताउँछन ्।
टिपरले दिनहुँ दुर्घटना समेत हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न पनि माग राखेर आन्दोलन गरेको स्थानीय संजिव यादवले बताए । टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।