बुटवल । साथीहरूसंग  बँदेल मार्न गएका तिलोत्तमा नगरपालिका ११ का ४० वर्षका मीनबहादुर गौतमकाे बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु  भएकाे  इलाका प्रहरी कार्यालय बुटवले जनाएकाे छ ।

वैशाख १ गते  साथीहरूसंग गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न हिंडेका  गाैतम बेपत्ता भएका थिए । प्रहरी र परीवारले गाैतमलाइ खाेज्ने क्रममा गाैतमकाे विद्युतीय धरापमा परेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीले बुधबार घटना भएकाे लुकाउन गाैतमकाे शवलाइ गाड्ने ५  जनालाइ पक्राउ गरी सार्वजनिक गरेकाे छ ।  पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेकाे इलाका प्रहरी कार्यालय बुटवले जनाएकाे छ ।

अनुसन्धानका क्रममा गाैगमकाे मृत्यु वैशाख १ गते राति भएकाे र  घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको घटनामा संलग्न पक्राउ परेकाहरूले स्वीकार गरेकाेले बुधबार विहान मृतकको शव उत्खनन् गरिएको इलाका प्रहरी कार्यालय बुटवले जनाएकाे छ ।