धरान/ नेपालकै ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरूले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) अफर ल्याएको छ । त्यसका साथै अन्य पक्का उपहार योजनासमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सिजी ब्राण्डका टेलिभिजनको खरिदमा ३ वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने कम्पनीले विज्ञप्ति जारी गरी जनाएको छ । सिजीका रेफ्रिजरेटरहरूको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने जनाइएको छ ।
सिजी ब्राण्डका विभिन्न वासिङ मेसिनको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्युरिफायर प्राप्त गर्नसक्ने जनाइएको छ । यो योजना चैत १८ गतेदेखि देशभर सीमित अवधिका लागि लागू गरेको जनाएको छ ।