धरान । धरान प्रहरीले एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । आइतबार धरान–१५ पिण्डेश्वरी चोकबाट चेकजाचको क्रममा धरान १७ का ३० वर्षीय समीर राईलाई पक्राउ गरेको हो ।
को ३६ प ४२० नम्बरको स्कुटीमा सवार उनी चेकजाच भइरहेको समयमा भागेपछि प्रहरीले घेरा हाली पक्राउ गरी झोला हेर्दा २२० एम्पुल डिटीजेसिक लागूऔषध बरामद गरेको हो । उनले कालो ब्यागमा बोकेको २२० एम्पुल एभिल, २२० एम्पुल डाइजेपाम, २२० एम्पुल लुपिजेसिक बरामद गरिएको इलाका प्रहरी कार्यालय सञ्चार स्रोतले जनाएको छ ।