धरान/ बजाज कम्पनीको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्श अटो धरानले आइतबारबाट ‘महाउत्सव महाएक्सचेञ्ज मेला’ धरानको सभागृहमा शुरु गरेको छ ।
मेला ५ दिनसम्म सञ्चालन हुने छ । मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल न्यूनतम ३० हजार रुपैयाँ मूल्य राखेर महाएक्सचेञ्ज शुरु गरेको हो । अर्बिन अटोले पहिलो पटक यस्तो प्रकारको मेला लगाइरहेको हो । मेलामा बजाजका तेह्र वटा मोडलका विभिन्न रङ्गका मोटरसाइलकहरू राखिएको छ ।
यो मेला अवधिभर करिब ३ सयभन्दा बढी बजाजका मोटरसाइकल बिक्री गर्ने लक्ष्य अटोले लिएको सञ्चालक अर्बिन तामाङले जानकारी दिए । मेलामा ग्राहकहरूलाई लक्षित गर्दै फाइनान्स, बिमालगायतको सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए । हुलास इनभेष्टमेन्ट कम्पनीले फाइनान्सको सुविधा प्रदान गरिरहेको छ । तत्कालै फाइनान्सको सुविधा प्रदान गरिरहेको छ ।
मेलामा निःशुल्क चेकअप क्याम्पको पनि सुविधा रहेको छ । त्यस्तै टेष्ट ड्राइभसहित आर्कषक उपहार, प्रत्येक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट, लेगगाडी, बाइक कभर वाक्स, ल्यापटप ब्याग प्रदान गरिरहेको छ । यस अवसरमा बजारजले नयाँ वर्षमा दिइरहेको ‘उल्टो अफर’ लाई पनि समावेश गरेको छ । उल्टो अफरमा सेवाग्राहीले खरिद गरेको हकमा मोइबल एप्समार्फत् दुई पटक लक्की स्क्र्याच गरी छुट पाउने व्यवस्था गरेको छ । उल्टो अफर देशभर लागू गरिएको छ ।