धरान / जर्मनी नागरिक डा. अर्ने ड्रयु उनकी पत्नी डा. सिल्क ड्रयु विगत १९ बर्षदेखि नेपाल बुझ्दैं आएका छन् ।
यहाँका अग्ला हिमाल, मठमन्दिर र प्राकृतिक सौन्दर्यताबाट उनी पहिलो पटक सन् १९९२ मा मोहित भएका थिए । पहिलो यात्रालाई विश्राम लगाउन नसके पछि उनी निरन्तर नेपाल घुम्छन् ।
उनी काठमाण्डौं झरे पछि यहाँको वातावरण, यहाँको समाजले आफुलाई प्रभाव पारेको बताउछन् । जर्मनमा धनी व्यक्तिहरु भए पनि नेपालमा भए जस्तो सामाजिक व्यक्ति पाउन नसकिने उनको भनाई छ ।
नेपाल घुमाईमा उनी नेपालका गरिव दुखी विमारीहरुको सेवा पनि गदैं आएका छन् । नेपाल मेड भन्ने एउटा गैरसरकारी संस्था संचालन गरेर उनी नेपालमा सेव ा गर्न १७ जना भोलेन्टरसमेत खटाएका छन् ।
हिजो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य प्रश्वास सम्बन्धि वर्कसोप गरेका छन् । उनी बीपी प्रतिष्ठानलाईसमेत केही सहयोग गर्ने सोच बनाएको बताए ।
नेपालका दुई वटा अस्पतालसँग उनी समन्वय गरेर नेपालका विपन्न परिवारका विमारीलाई सहयोग गदैं आएका छन् ।
जर्मनमा सबै नागरिकको स्वास्थ्य विमा भएका कारण नेपालमा जस्तो उपचार गर्दा कुनै पनि नागरिक घरवहारविहीन नहुन नपरेको उनले सुनाए । तर नेपालमा रोग लगोर रोगको उपचार गर्दा घरवहारविहीन हुनेहरुको संख्या देख्दा आफुलाई टिठ लागेको बताए ।
नेपाल सरकारले पनि सबै नागरिको स्वास्थ्य विमा गर्न उनले सुझाएका छन् ।
नेपालका विपन्न विमारीका लागि १९ बर्षदेखि सेवा गदैं आएका डा. अर्नेसहित उनकी श्रीमतीलाई बीपी प्रतिष्ठानका मेडिसिन विभागका डा. दिव्यराज मिश्र, बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंह, न्युरो सर्जन डा. आलोक दाहाल, शिशु तथा बाल सर्जन डा. राजेशप्रसाद साहलगायतले उनको सम्मान गरेका छन् ।































