Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा 

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा 

alt
  • वैशाख ६, २०७६
  • रासस
 
काठमाडौँ /  मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
 
मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको आँल्याए  । अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए ।
 
यही वैशाख ३, ४ र ५ गते १८ जना सहभागीलाई साइको ड्रामाका अन्तर्राष्ट्रिय प्रशिक्षक डा हार्ब प्रोपर र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले प्रशिक्षण दिए । यो कोर्सअन्तर्गत ५०० घण्टा तालीम लिएकाहरु तालीम सहजकर्ता बन्न सक्ने र ८०० घण्टा तालीम लिएपछि प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने जनाइएको छ । इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले विश्वमा यस्ता प्रशिक्षण कार्यक्रमहरु नियमित हुँदै आएको भए पनि नेपालका लागि नयाँ भएको उल्लेख गर्दै यो विधिबाट मनोविमर्श सेवा दिँदा समस्या समाधान गर्न सहज हुने उल्लेख गरे  । विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुन्छ । नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ ।
 
आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविद्हरुको भनाइ छ । त्यसैले मानसिक समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्श सेवा जरुरी रहेकाले गुम्सेर बसेका विचार बाहिर निकाल्नका लागि उपयुक्त विधि प्रयोग गर्न तालीमको आयोजना गरिएको जनाइएको छ । सहभागीले विगतमा सिकेका मनोसामाजिक सेवाभन्दा फरक रहेको उल्लेख गर्दै तालीममा सिकेका कुराहरु व्यावहारिक रुपमा प्रयोग गर्दा प्रभावकारी हुने विश्वास रहेको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण

बिर्तामोड । कनकाई नगरपालिकाका २ सय भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसो ...

बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा वि ...

रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन

धरान /  राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) धरानको सम्पन्न भएको प्रथम प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण
बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण
रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन
धरानवासीका लागि स्वास्थ्य बिमा जटिल: रेफर विना बीपी प्रतिष्ठानले बिमा सेवा नदिने
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved