झापा/अजोड इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा औपचारिक रुपमा शाखा सञ्चालन गरेको छ । देशभर ३० वटा शाखा सञ्चालित अजोडले बिर्तामोडमा औपचारिक रुपमा ५ औ शाखाको रुपमा विहीवार उद्घाटन गरेको हो ।
शाखाको प्रदेश सांसद श्रीप्रसाद मैनाली र अजोडका सञ्चालक समितिका अध्यक्ष डा.बिनोदप्रसाद विष्टले संयुक्त रुपमा उद्घाटन गरे ।
केन्द्रीय कार्यालय काठमाडौंको सुनधारामा रहेको अजोडले यसअघि लहान, जनकपुर, विराटनगर र इटहरीमा शाखाको उद्घाटन गरेको बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीले बताएका छन् । अजोडले गत असोज २३ गतेदेखि अनौपचारिक रुपमा बिर्तामोडमा कारोवार गर्दै आएको शाखा प्रमुख राजवंशीले बताए ।
अजोडका सहायक महाप्रवन्धक महेशराज खरेलले एक अर्व कुलपुँजी रहेको बताउँदै अजोडको चुक्तापुँजी ७० करोड रहेको बताए ।
सञ्चालक समितिका अध्यक्ष डा.विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मैनाली, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, एक्सेल डेभलोपमेन्ट बैंककम प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अजोडका मुख्य प्रवन्धक वैद्यनाथप्रसाद उपाध्यायले गरेका थिए ।