Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज

उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज

alt
  • वैशाख ५, २०७६
  • रासस
 
काठमाडाैं / ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।
 
करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धता अनुसार ट्राफिक प्रहरीले तीन महीने कार्ययोजना बनाएर काम शुरु गरेको हो । महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ ।
 
यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरेको जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाभित्रको ट्राफिक सुधारका लागि कार्ययोजना महत्वपूर्ण भएको बताए । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।
सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved