धरान / अर्बिन एण्ड ब्रदर्श अटोले बैसाख ८ गतेदेखि पाँच दिनसम्म ‘महाउत्सव महाएक्सचेञ्ज मेला’ धरानको सभागृहमा गर्ने भएको छ ।
मेलामा बजाज कम्पनीका प्लाटिनम १२५ सीसीदेखि पल्सर २२० सीसीसम्मका १३ वटा मोडलका मोटरसाइकलहरू राखिने अटोका सञ्चालक अर्बिन तामाङले मङ्गलबारको पत्रकार सम्मेलन जनाए । मेलामा १ लाख ४४ देखि ३ लाख १८ हजार ९ सय रुपैयाँ मूल्यका मोटरसाइकल राखिने छ ।
महाएक्सचेञ्जमा पुरानो मोटरसाइकलको मूल्य ३० हजार तोकिएको छ । बाँकी रकम नगद वा फाइनान्स गरी नयाँ मोटरसाइकल खरिद गर्न सकिने पनि सञ्चालक तामाङले बताए । महामेला अवधिभर निःशुल्क चेकअप क्याम्प, परीक्षण ड्राइभमा आकर्षक उपहार, प्रत्येक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट, लेगगार्ड, बाइक कभर, वाइकवेक्स र ल्यापटप ब्याग उपहार दिने पत्रकार सम्मेलनमा बताइयो । मेलामा नयाँ वर्षको उल्टो अफरसमेत रहने छ । मेलामा सांस्कृतिक कार्यक्रम पनि गरिँदै छ ।
मेलामा ३ सय मोटरसाइकल बिक्री गर्ने उद्देश्य रहेको सञ्चालक तामाङले बताए । बजाज कम्पनीको बाइकहरू महिनामा १ सय २५ वटाका दरले बिक्री हुँदै आएको सञ्चालक तामाङले दाबी छ ।