Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला

धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला

alt
  • वैशाख ३, २०७६
  • नारायण ढुङ्गाना / रासस
 
काठमाडौँ / तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।
 
कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले जानकारी दिए ।
“बढी महत्वकांक्षा राखेर छिटो आर्थिक उपार्जन गर्न खोज्दा फसेको पाइयो, कुनै असामान्य क्रियाकलाप देखियो र सस्तो मूल्यमा सामान बिक्री गर्न खोजेको पाइयो भने होसियार हुनुहोस्, प्रहरीलाई तुरुन्त खबर गर्न नभुल्नुहोला”, सिंहले सबैलाई आग्रह गरे । रातारात धनी बन्ने सपनामा सुनको टुक्रा किन्न खोज्दा फलामको टुक्रा किनेर लाखौँ रुपैयाँ गुमाएका एक व्यक्ति अहिले प्रहरीको शरणमा पुगेका छन् ।
 
सुन भनेर फलामको टुक्रा किनेका काठमाडौँको राजेश विक रु १९ लाख ठगीमा परेका छन् । यद्यपि ठगीका गिरोह पक्राउ गरिरसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । विकले सामाखुशीस्थित रानीबारीमा गएको पुसमा सुनको टुक्रा भनेर रु १९ लाखमा खरीद गरे । फलामको टुक्रालाई सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरेर आकर्षक तरिकाले राखेको अवस्थामा उहाँले किन्नुभएको थियो । पछि खोलेर हेर्दा चार वटा फलामको टुक्रा भेटिएपछि मात्रै ठगीमा परेकोे चाल पाए । उनको उजुरीकै आधारमा खोजी गर्दा वैशख १ गते ठगी गर्ने व्यक्ति सुन्धाराबाट पक्राउ परेको प्रवक्ता बोगटीले जानकारी दिए ।
 
बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ परेका उनीहरुले ठगेको पैसा विभिन्न व्यक्ति मिली बाँडेर खाएको पाइएकाले रकम फिर्ता ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङले रु नौ लाख ५० हजार र काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठले रु तीन लाख ५० हजार, प्रवीन श्रेष्ठले रु तीन लाख, सुवास श्रेष्ठले रु तीन लाख बाँडेर लिएका थिए । उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै महँगोमा डलर साट्न पाइने लोभमा समेत सर्वसाधारण ठगीमा परेको अर्काे उदाहरण छ । ठगीका गिरोहले काठमाडौँको नयाँ बसपार्क, बालाजू, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएकालाई डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने लोभ देखाइ ठगी गर्ने गिरोहसमेत पक्राउ परेका छन् । उनीहरुले बीचमा कागज राखी अगाडि र पछाडि सक्कली पैसा राखेर ठगेको अनुसन्धानमा खुलेको छ । ठगीमा एकै परिवारका दाजुभाइ संलग्न छन् । उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखेर भित्र कागज राखी ठग्ने गरेका थिए । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङले स्वयम्भूबाट पाँच तोलाको अाैँठी, सामाखुशीबाट रु ४६ हजार, गौशालाबाट रु चार लाख लुटेको प्रहरीले जनाएको छ । लुटेरा र चोर पक्राउ महानगरीय प्रहरी परिसर काठमाडौँले लुटपाटमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
 
परिसरले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बरामद सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मोतीहारीका दीपकप्रसाद जैसवाल, बैसालीका बिजु साह र सितामढीका राजकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट क्यामरा नौ थान, मोबाइल १० थान, घडी नौ थान, मनी पर्स सात थान, क्यामरा एक, एउटा मिनी प्रोजेक्टर, जेनेरेटर र नगद रु एक लाख ९८ हजार बरामद भएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका मानिसलाई पिछा गर्ने र सामान लुट्ने गरेको खुल्न आएको छ । यसैबीच नागार्जुन नगरपालिका–९ दुर्गा नगर कोलेनीस्थित चोरी गरेर भाग्दै गर्ने दोलखा घर भई काठमाडौँ–१४ कलङ्की बस्ने सुनिल श्रेष्ठ र सोही ठाउँका अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुले स्थानीय तर्कबहादुर कुँवरको घरको तेस्रो तलाको ताल्चा फुटाएर पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुबाट मोबाइलसहित रु २८ हजार नगद र ताल्चा फुटाउन प्रयोग भएको फलामे रड बरामद भएको छ ।
सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved