सुनसरी ।  गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको भाग्यशाली कुपनको नजिता सार्वजनिक गरिएको छ । ग्राहकलाई एकै पटक २ हजार रुपैयाँभन्दा बढीको सामान खरिदमा कुपन प्रदान गरिएको थियो । इटहरीस्थित यमाहा शो कम्पनीका मोटरसाइकल तथा स्कुटीको सहकार्यमा गोरखा डिपार्टमेन्ट स्टोरले कुपन प्रदान गरेको थियो ।

सोही कुपनको लक्की ड्रमार्फत सोमबार पुरस्कार छनौट गरिएको स्टोरले जनाएको छ । लक्की ड्रबाट धरानकी नितु राईले यमाहा कम्पनीको स्कुटी प्राप्त गरेकी छन् । कुपन नम्वर ०१६९६७ राईले नाममा कुपन भएपछि उनले स्कुटी प्राप्त गरेको गोरखा डिपार्टमेन्ट स्टोरले जनाएको छ । यस्तै दोस्रो पुरस्कार अमरसिंह तामाङ भेडेटार ठेगाना भएका व्यक्तिले पाएका छन् । कुपनमा भएको नामअनुसार तेस्रो पुरस्कार बेलबारी–९ का विनोद तामाङले प्राप्त गरेको गोरखा डिपार्टमेन्ट स्टोरले जनाएको छ ।

सान्त्वना पुरस्कार दमक झापाका धिरज ठाकुर, इटहरी–५ कि पवित्रा श्रेष्ठ, इटहरी–१३ कि चेतुना घिमिरे, धरान–८ कि निला राईले प्राप्त गरेका छन् । यसैगरी ज्ञानेलकुमारी चौधरी इटहरी–७, मनोज राई र थप एक जनाले पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार लिन आउँदा अनिवार्य कुपन लिएर आउनु पर्ने डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिए । लक्की ड्र कार्यक्रममा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यसहित उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु शैलेश विष्ट, भीम पौडेल, तिरुपति अटोसिटीका सञ्चालक संयोग पराजुलीलगायतको सहभागिता रहेको थियो ।