पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको कृषि व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाले २० वटा कृषक समूहलाई सिंचाईको सहजताका लागि एक एक सेट पानी तान्ने मोटर निःशुल्क वितरण गरिएको छ ।

नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमकाबीच कृषक समूह, कृषि फर्म सहितलाई मोटर र त्यसमा आवश्यक सामग्री वितरण गरेका छन् ।

कृषि कार्यक्रम अन्तर्गत नगरपालिकामा आएको सशर्त अनुदान कार्यक्रमको ७ लाख ९१ हजार रुपैयाँबाट सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाइन् ।