विराटनगर/ विराटनगर–७ स्थित कोशी अञ्चल अस्पताल अगाडि स्थानीय दुई युवाले ४० लाख रुपैयाँ लगानीमा ‘ट्रेण्ड क्याफे एण्ड लाउञ्ज’ सञ्चालनमा ल्याएका छन् ।
शान्त र रमणीय वातावरण रहेको यो क्याफे एण्ड लाउञ्जको विराटनगस्थित विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूले बुधबार उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
क्याफेमा सम्पूर्ण परिकारका कफीका साथै विभिन्न परिकारका खाना र खाजाहरू पाइने सञ्चालक दिवस गिरीले जानकारी दिए । उनका अनुसार चाँडै लज पनि सञ्चालनमा आउने छ ।
































