पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा गोष्ठी सम्पन्न गरेको छ ।
वडाध्यक्षसहितका नगर कार्यपालिका सदस्य, वडा सचिवसहितका जनप्रतिनिधि एवम् कर्मचारीबीच कार्यक्रम सञ्चालन गर्ने विधिबारे गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनत्तम १ सय दिनको रोजगारीमा सहभागी हुन इच्छुकले चैत मसान्तसम्ममा वडा कार्यालयमार्फत् सूचीकृत हुनु पर्ने रोजगार संयोजक हिमाल राईले जानकारी गराए । यस अघिदेखि नै वडा कार्यालयमार्फत् जारी सूचनाका आधारमा रोजगार सेवा केन्द्रमा बेरोजगारले आवेदनमार्फत् सूचीकृत गर्दै आएका छन् ।
































