धरान/ब्लाष्ट टाइम्स दैनिक ‘वल्र्ड पेपर एक्जिविसन’ मा सहभागी बनेको छ । काठमाडौंको भृकुटी मण्डपमा बिहीबारदेखि जारी तीन दिवसीय एक्जिविसनमा विश्वका एक सय २० भन्दा बढी मिडिया कम्पनी सहभागी छन् ।
भारत, चाइनालगायत नेपालका विभिन्न मिडिया कम्पनीले आफ्नो स्टल राखेका छन् । पूर्वबाट ब्लाष्टले मात्रै प्रतिनिधित्व गरेको पूर्व क्षितिज प्रकाशन प्रालिका उपप्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार ब्लाष्टको स्टलमा दैनिक सहभागीहरूको उल्लेख्य सहभागिता रहेको छ । ब्लाष्टलाई काठमाडौंबाट पनि प्रकाशन गर्नका लागि अधिकांसले सुझाव दिएको उनले जानकारी दिए ।
ब्लाष्ट पूर्वको पहिलो रङ्गीन ब्रोडसिट पत्रिका हो । चैत ३० गतेसम्म चल्ने एक्जिविसनको आयोजना भने मिडिया कम्युनिकेशन एड्भरटाइजिङ कन्फ्रेन्सले गरेको हो । कन्फ्रेन्सका कार्यकारी अधिकृत डम्बर साहुले यस्ता एक्जिविसनले मिडियाहरूलाई परिचित गराउन भूमिका खेल्ने बताए । विश्वका अनलाइन, अखबार, टेलिभिजन तथा रेडियोले स्टल राखेका छन् । एक्जिविसनको नेपाल मिडिया सोसाइटी अध्यक्ष शुभशङ्कर कँडेलले उद्घाटन गरे ।