काठमाडौं/ इलेक्ट्रोनिक्स समानको खुद्रा शोरूम रहेको स्वीच अनले देशभर सञ्जाल फैलाएको छ ।
स्वीच अनले विश्वका उत्कृष्ट ब्राण्ड सामसुङ, हिमस्टार, बजाज, टाइमेक्स्, इन्डोएशियन, ओस्रम, अहुजा, ग्यालेञ्ज, प्रोलिङ्क, हन्टकीलगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एलईडी लाइट्स, घडीहरू तथा अन्य इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण गर्दै आएको छ ।
काठमाडौंको नक्साल नारायणचौरस्थित मुख्य कार्यालय रहेको स्वीच अनको देशभरका विभिन्न शहरमा २० वटा शोरुम सञ्चालनमा ल्याइएको छ । अन्य शहरमा पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जनाएको छ । स्वीच अनले व्यक्तिगत तथा संस्थागत उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तर र श्रेणीको उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
स्वीच अनले नयाँ–नयाँ स्किम, अफर र छुटको पनि व्यवस्था गर्दै आएको छ । स्वीच अनको आधिकारिक ‘आउटलेट’ धरानको लक्ष्मी सडकमा रहेको छ ।