रङ्गेली । मोरङ व्यपार संघले बारा र पर्साका हावाहुरीबाट प्रभावितहरुलाई ४ लाख रुपैया बराबरको राहात सामाग्री पठाएको छ । संघले नेपाली काग्रेस निकट तरुणललाई राहात सामाग्री पठाईएको हो । व्यपार संघका अध्यक्ष पवनकुमार सारडा र पुर्व अध्यक्ष महेश जाजुले एक समारोहकाबिच तरुणदल मोरङका अध्यक्ष संजय थापा र कोषध्यक्ष अनिललक्ष्मी रिजाललाई हस्तान्त्रण गरे । दुईसय परिवारलाई पुग्ने चामल, दाल, नुन, प्याज, ब्रस, तुथपेस्ट पठाईएको हो । यता तरुदल मोरङले थप तिन लाख रुपैयाको राहात सामाग्री संगै लगेको छ । दुईसय परिवारलाई पुग्ने त्रिपाल, झुल, तन्ना , टर्च लिएर गएको छ। काग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको नेतृत्वमा तरुदल मोरङको टोली बारा पुगीसकेको छ ।