झापा/ झापा बिर्तामोडको युनाइटेड बद्रर्श एलायन्सले नयाँ फोर्ड फिगो गाडी सार्वजनिक गरेको छ ।
२०१९ संस्करणको नयाँ फोर्ड फिगो कार आइतबार बजारमा ल्याइएको हो । बिर्तामोड उद्योग वाणिज्य सङ्घ अध्यक्ष कुमार भट्टराई र शो रुम सञ्चालक विपिन बस्नेतले संयुक्त रूपमा गाडी सार्वजनिक गरे ।
फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक शैली, शक्तिशाली इञ्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजार ल्याएको जनाएको छ । गाडीको मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेकोे छ ।
सुरक्षासम्बन्धी उत्कृष्ट प्रविधि शक्तिशाली इञ्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाएको कम्पनीका सेल्स मेनेजर अभिषेक भट्टले बताए । फोर्डको विश्वव्यापी फन टु ड्राइभ दर्शनका साथ नयाँ फिगोमा हलुका, इन्धन उपयोगी तीन सिलिण्डरयुक्त १ दशमलव २ एल टिभेक्ट पेट्रोल इञ्जिन जडान गरिएको छ ।
डिजेल गाडीका पारखीहरूका लागि १ दशमलव ५ एल टीडीसीआई इञ्जिन जडान गरिएको छ ।