सुनसरी / सवारी साधनको चापले अस्तव्यस्त बन्दै गएको इटहरीको मुख्य चौक क्षेत्रको सडकमा सवारी साधनको व्यवस्थापन शुूरु गरिएको छ । इटहरी उप–महानगरपािलकाले बस स्टेनलाई चार स्थानमा व्यवस्थित गरी अन्य सवारी साधनको लागि पनि पार्किङ क्षेत्र तोकेको हो । अन्यत्र जग्गा नभए पछि सडककै किनारामा अल्पकालिन रुपमा सवारी व्यवस्थापनको काम थालिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गाौतमले बताइन् ।
गत साउन महिनामा इटहरी उपमहानगर पालिकाले गठन गरेको नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सम्वन्धी प्रतिवेदनका आधारमा यातायातको व्यवस्थापन थलिएको उपमेयर गौतमले बताइन् । वार्ड नम्वर ६ का अध्यक्ष दिपक गौतमको संयोजकत्वमा गठित प्राविधिक, यातयात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधीको समितिले प्रतिवेदन तयार गरेको हो । गत साउन ११ गते प्रतिवेदन तयार भए पनि बल्ल कार्यान्वयनको थालनी गरिएको हो । सोही प्रतिवेदनका आधारमा बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न इटहरी उप–महानगरपालिकाले चौक क्षेत्रभित्रका बस स्टेनलाई व्यवस्थापन गर्ने काम शुरु गरेको छ । उम मेयर गौतमका अनुसार इटहरी चौक उत्तर तर्फ नेपा सामुदायिक भवन अगाडी, दक्षिण तर्फ चिन्तन चौतारी होटल छेउ, पश्चिम तर्फ खेती खोला पश्चिम तर्फ सडक साइडमा पार्किङ तथा स्टेन लगाउने व्यवस्था गरिएको छ । पूर्वतर्फ जाने सवारीको स्टेन ट्याङ्ग्राहा खोलापारी रहेकामा मिलन चोकमा पु¥याइने उपमहानगरपालिकाले जनाएको छ । पश्चिम तर्फ बस पार्कलाईनै जोड दिदै खेती खोला पश्चिम तर्फको स्थानमा तत्कालका लागि साना सवारीलाई स्टेन तोकिएको उपमेयर गौतमले बताइन् । उत्तर तर्फको स्टेन साविक भन्दा २ सय मिटर उत्तर सर्नेछ । त्यसैगरी विराटनगरतर्फ रहेको बस स्टेनलाई चिन्तन चौतारी छेउमा पु¥याइने भएको छ । पश्चिमतिर इटहरी बसपार्कमा मात्रै रोक्ने व्यवस्था मिलाउन लागिएको बताइएको छ । प्रतिवेदन समितिले पार्किङ स्थल र स्ट्याण्डहरुमा अनिबार्य यात्रु प्रतिक्षालय र शौचालय पनि निर्माण गरिनु पर्ने बताए पनि सो कार्य अघि बढाइएको छैन ।
ट्राफिक प्रहरी र उपमहानगरका कर्मचारीको समन्वयमा प्रस्तावित बस स्टेनलाई उपमहानगरपालिकाको स्वामित्वमा भएको नदीबाट निकालिने गीटीलगायतका निर्माण सामाग्रीबाट व्यवस्थित गरिने छ । स्टेन व्यवस्थापनको काम शुरु भइसकेकोले अटेर गर्ने सवारी साधानलाई कारावाहीको दायरामा ल्याउने पनि उपमहानगरपालिकाले जनाएको छ ।
यस्तो छ समितिको सुझाव र प्रतिवेदन
दिपक गौतमको संयोजकत्वमा गठित समितिले पूर्वबाट इटहरीतर्फ आउने बसहरुलाई मिलन चौक नजिक स्ट्याण्ड कायम गर्ने गरी प्रतिवेदन बुझाएको थियो । पूर्वतर्फ जाने बसलाई साबिककै स्थान खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अगाडी स्ट्याण्ड कायम गर्ने, पश्चिमतर्फ जाने एवं आउने बसहरु बसपार्क भित्रै पार्किङ गर्ने, इटहरी हुदै धरानतर्फ जाने बसलाई नेपा भवनको बिपरित स्ट्याण्ड कायम गर्ने भनिएको छ । बिराटनगरबाट इटहरी आउने बसलाई पाथिभरा नर्सरी स्ट्याण्ड कायम गर्ने र खाँदबारी, भोजपुर, तेह्रथुप जाने बसहरुलाई बसपार्कमा पार्किङ गर्ने प्रतिवेदनमा जनाइएको छ । यस्तै ठुला मालबाहक ट्रक आदी सबारी साधनलाई एकदिन भन्दा बढी पार्किङ गर्न ट्राफिक प्रहरी कार्यालयको पूर्वतर्फबाट दक्षिण पट्टि रहेको जमिन पुरेर व्यवस्थापन गर्ने र उल्लेखित बस स्ट्याण्डहरुमा इ रिक्सा एवं अटो समेतलाई पार्किङको व्यवस्थापन गर्ने भनिएको छ । इ रिक्सा अटो रिक्सा भाडाका ट्याक्सी म्याजिक टेम्पो पश्चिम तर्फ झुम्का इनरुवा जाने म्याजिक र टेम्पु खेतीखोलाको पश्चिम पट्टिको सडकको उक्तर साइडमा प्रशान्ती नर्सरी भएको स्थानमा पार्किङको व्यवस्थापन गरिने । इटहरीबाट पूर्व बेलबारीसम्म जाने म्याजिक र टेम्पोलाई टेयाङ्गग्रा खोलाको पूर्व पट्टि उतर साइडको खाली स्थानमा संख्या तोकी पार्किङ व्यवस्थापन गरिने छ । सामान ढुवानी गर्ने पिकअपहरु खेतीखोला पश्चिम प्रशान्त नर्सरीको उत्तर साइडमा पार्किङ गर्ने, रातो नम्बरका ट्याक्सीहरुलाई राधाकृष्ण पेट्रोल पम्प देखि पश्चिम महेन्द्र राजमार्गको दक्षिण साइडमा स्ट्याण्ड कायम गरिने छ । कालो प्लेटका ट्याक्सीहरुलाई हिरा होटल आसपासमा चारवटा स्ट्याण्ड कायम गर्ने र पश्चिममा बिराटनगरबाट आउने म्याजिक २ वटा र लोकल २ गरी ४ वटा म्याजिक साबिक ठाँउमा राख्ने (पेरिस होटल अगाडी) स्ट्याण्ड कायम गरिने छ । प्रतिवेदनमा पश्चिमतर्फ बसपार्क जाने बाटो छेउ इ रिक्सा र अटो सहित १० र १५ वटा स्ट्याण्ड कायम गर्ने र एभरेष्ट बैक अगाडी ५ र १० वटा स्ट्याण्ड कायम गर्ने र पूर्वपट्टि बाणिज्य बैक अगाडी स्ट्याण्ड कायम गरिने जनाइएको छ । यस्तै मोटरसाइकल नवरङ्ग टिभि सेन्टरदेखि पश्चिम र आमा सपिङ्ग मोडबाट पूर्व र उत्तर साइडमा हिरा होटलदेखि दक्षिणतर्फ एक साइडमा पार्किङको व्यवस्था गरिएको छ । पूर्वतर्फ राजमार्गको दक्षिण तर्फको भित्री सडकमा जि फोर कलेक्सन अगाडीबाट पश्चिमतर्फको खाली भाग र राजमार्गको उत्तर अम्बिका पुस्तक पसलको अगाडीको खाली भागमा पार्किङको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । उत्तरतर्फ आकेश कलेक्सनदेखि बिश्व आर्दश कलेज छिर्ने मोडसम्म फुटपाथ छाडेर एकलाईन मिलाएर मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ । पूर्वतर्फ राष्ट्रिय बाणिज्य बैकको अगाडी र आई सिनेमा हलको अगाडीको भागमा फुटपाथको भाग छाडेर पार्किङको व्यवस्था गरिएको बताइएको छ ।