पथरीशनिश्चरे । कामना सेवा विकास बैंकले ८० औँ शाखाका रुपमा मोरङको पथरीशनिश्चरे नगरमा कारोबार सुरु गरेको छ ।

राष्ट्रिय बैंकको “ख” वर्गको मान्यता पाएपछि कामनाले देशैभर आफ्नो सेवा सुरु गर्ने क्रममा नगरको वडा नम्वर १ स्थित पथरी बजारमा पनि कारोबार सुरु गरेकोे हो । यसले भूँइ तलामा अपाङ्गमैत्री वातारणमा बुधबारदेखि सेवा सुरु गरेको छ ।

प्रदेश १ को विर्तामोड, दमक, उर्लाबारी र पथरीमा शाखा विस्तार भइसकेको वैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङले बताए । विहीवार मोरङको सुन्दरहरैँचामा ८१ औँ शाखाको सुभारम्भ हुने र चाँडै नै इटहरी, धरान, विराटनगर, केराबारी लगाएतका स्थानमा पनि शाखा विस्तार गरिने छाराहाङले जनाए ।

१२ वर्ष अघि स्थापना भएको यस बैंकमा हाल १५ हजार माथि सेवाग्राहीहरुलाइ ऋण प्रदान गरिएको बैंकका कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यसको हाल २ लाख ५० हजार भन्दा बढी निक्षेपकर्ता रहेको बस्नेतले जनाए । विशेष गरेर साना मझौला उद्योग व्यावसायलाई प्राथमिकता दिदै आएको बैंकले सरल रुपमा छिटो छरितो कर्जा प्रवाह गर्ने पनि बस्नेतको भनाइ छ ।

पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङ्देनले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरका १० मध्ये ९ वटा वडा कृषिमा आधारित रहेकाले कृषिमा लगानी गर्न बैंकलाई सुझाव दिएका छन् । पथरीशनिश्चरेमा कामना सहित वैंकको संख्या १२ पुगेको छ ।