धरान / उदयपुरदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म जोड्ने  प्रदेशकै महत्वकाक्षी सडक आयोजनाको लागि आजदेखि सर्भे शुरु भएको छ ।
सुनसरीको चतराका कोशी पुल–उदयपुरेको मैनामैनी चुहार– भोजपुर हुदै संखुवासभाको किमाथाङ्कासम्म पुग्ने ८८ किमि सडकको डिपिआर तयार गर्न आज देखि सर्वे शुरु भएको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले जानकारी दिए ।
प्रदेश सरकारको बहुवर्षीय योजना अन्तरगतकाे योजना प्रदेश ६ वटा प्राथमिकताको योजना मध्य एक हो ।
पहिलो चरणमा चतरादेखि चुहार पुलसम्म २६ किमीका लागि सवा करोड बजेट विनियोजन गरिएको मेयर थापाले जानकारी दिए ।
सर्भे उद्घाटन कार्यक्रमा मेयर दुर्गा थापा, आयोजना प्रमुख रेवती पराजुली, मुवडा नम्बर ६,७ र ८का जनप्रतिनिधी पार्टी कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । मैनामैनीबाट भोजपुर पार गर्ने सुनकोशीमा पुल निर्माणको सर्भे भइ काम शुरु भएको छ ।

याे सडक भाेजपुरकाे हतुवागढी, भाेजपुर सदरमुकाम हुदैं सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ ।

55853775_420749322031735_7263016050902433792_n