धरान ।  घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ ।

साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनलाई पनि सुरक्षा दिने गर्दछ । घरमा राउटरको एन्टिना सबै दिशाका लागि हुन्छ अर्थात् सिग्नल छरिएको हुन्छ । डार्टमाउथ इन्जिनियर भन्छन्, ‘राउटरमा एल्मुनियम फोइलको प्रयोग गर्दा यसले घरमा वायरलेस संरचनाको क्षमता विकास गर्छ किनभने यसले घरको इन्टेरियर डिजाइन, विभाजन र अन्य बाधाहरुको प्रभावलाई कम गर्ने गर्छ । ’

एल्मुनियम फोइल लगाउँदा सिग्नल एक दिशामा काम गर्न थाल्छ । त्यसकारण राउटरमा एल्मुनियम फोइल यसरी लगाउनुहोस् कि त्यो कोठातर्फ नै इंगित होस् । यद्यपी, दोस्रो कोठामा यसको सिग्नल आउँदैन तर तपाईंले चाहेको ठाउँमा भने पक्कै आउनेछ ।

केही स्थानमा सिग्नल रोक्नुको फाइदा पनि छ जस्तै यसलाई सिसातर्फ जानबाट रोक्न सकिन्छ ता कि सिग्नल फिर्ता नहोस् र तपाईंको कनेक्शनले प्रभावकारी ढङ्गले काम गर्न सकोस् । एल्मुनियम कभरेजमार्फत सिग्नललाई ती मानिससम्म पुग्न दिँदैन जसले तपाईंको वाइफाई चोर्न चाहन्छन् वा कुनै साइबर हमलाबाट तपाईंको कनेक्शन चोरी गर्न चाहन्छन् । सिग्नललाई दिशा दिँदा बाधा त कम हुन्छ नै यसले तपाईंको वाइफाईलाई सुरक्षा पनि दिन्छ ।