देउराली । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन्।
विदेशी लगानी भित्र्याउने उदेश्यका साथ सरकारले हाेटल साेल्टीमा दुई दिने लगानी सम्मेलन आयोजना गरेको छ, जसमा ४० बढि देशहरूबाट लगानीकर्ता सहभागि भएका छन् सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब एक हजार लगानीकर्ताको उपस्थिति छ ।
लगानी बोर्डले सार्वजनिक क्षेत्रमा ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा परियोजनाहरू प्रस्तुत गर्नेछ । सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
लगानी बोर्डका अध्यक्षसमेत रहेका ओलीले सम्मेलनको उद्घाटन गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको बताएका छन्। प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले सुरक्षित महशुस गरेर लगानी गर्न आग्रह गरेका छन्।