पढाइपछि धेरैको सोचाइ जागिर खाने हुन्छ । तर, जागिरमात्रै सबै थोक होइन । आफूले लिएको ज्ञानलाई व्यवसायिक पनि गर्न सक्नुपर्छ भन्ने मान्यताका टङ्कप्रसाद फुयाँल युकेको जागिर छाडेर इटहरीमा व्यवसाय गर्दै आएका छन् । उनी इटहरीका युवा व्यवसायीमा उदाएका छन् । उनको टिमले अहिले सोमानी कम्पनीका टायल्सहरूको एक्स्क्लुसिप शो रुम सञ्चालनमा ल्याएको छ । फुयाँलले काम गर्ने क्रममा केही समय कम्प्युटरसम्बन्धी व्यवसाय सञ्चालन गरे । त्यसपछि उनी पढाइकै लागि बेलायत पुगे । उच्च शिक्षा हासिल पनि गरे । उच्च शिक्षा हासिल गरेपछि जागिर खानु पर्छ र सोही अनुसारको जीवन चलाउनु पर्छ भन्ने मान्यतालाई तोड्दै व्यवसायमा होमिएका छन् । मास सप्लायर्स प्रालिले सञ्चालनमा ल्याएको सोमानी टायल्सको एक्सक्लुसिप शो रुम र युवा व्यवसायीको हिसाबले फुँयालसँग उनले गर्दै आएको व्यवसायको विषयमा ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सारः

- आजभोलि के गर्दै हुनुहुन्छ ?
इटहरीमा व्यवसाय चलिरहेको छ । त्यसैमा लागि परेको छु । युकेबाट फर्र्किएपछि यो व्यवसाय शुरु गरेको हो । पहिला पनि कम्प्युटरसम्बन्धी व्यवसाय नै सञ्चालन गर्दै आएको थिएँ ।

- बेलायत पुगेको मान्छे किन इटहरी फर्किनु भयो ?
म पढ्नका लागि विदेश गएको थिएँ । पहिला त म इटहरीमै पढ्दै व्यवसाय सञ्चालन गर्दै पनि आएको हो । पछि विदेश जाने मुड चल्यो । खोटाङमा जन्मिएर अहिले सुन्दरदुलारीमा बसाइ हो मेरो । इटहरीमा बीबीएस सकेपछि एमएस्सी आइटी गर्दै सिटीएफ सञ्चालन पनि गरेँ । त्यसै बेला इटहरीमा नै ब्रिज कोर्ष सञ्चालन गरियो । त्यसपछि म युके गएँ । मैले त्यहाँ गएर एमबीए गरें । त्यसपछि पाँच वर्ष जति त्यहीँ काम गरें । तर मलाई त्यो कामप्रति त्यति चित्त बुझेन । पैसा राम्रो थियो । तर, पनि आफूलाई केही न केही व्यवसाय सञ्चालन गर्ने इच्छा भएको कारणले पनि म नेपाल फर्किएँ । नेपाल आएर मैले सोमानी टायलको एक्सक्लुसिप शो रुम सञ्चालनमा ल्याएँ ।

- युकेमा जागिर राम्रो थिएन र ?
होइन, मैले अघि पनि भनेँ । म कुनै न कुनै व्यवसाय गर्ने सोचमा थिएँ । त्यहाँको जागिरमा पैसा पनि राम्रो थियो । तर, पनि मलाई किन–किन चित्त बुझेन अनि नेपाल फर्किएँ । त्यसको केही समयपछि साथीहरूसँग मिलेर व्यवसाय सञ्चालन गर्न शुरु गरेँ ।

- किन सोमानी कम्पनीका टायल्सको शो रुम नै रोज्नु भयो ?
म कुनै न कुनै व्यवसायमा लाग्ने तयारीमै थिएँ । त्यसै बेला यो कम्पनीसँग सम्पर्क भयो । इटहरीमा यसको माग पनि राम्रो भएको र ब्राण्डेड खालका सामग्री उत्पादन गर्ने भएकाले पनि मैले सोमानी कम्पनीलाई रोजेको हुँ ।

- सोमानी कम्पनीका टायल्स नै किन लगाउने ?
हाम्रो सोमानी कम्पनीको एक्स्क्लुसिप शो रुम हो । यो भारतमा उत्पादन हुने टायल हो । भारतको यो टप ब्राण्डमा पर्दछ । अन्य टायल्स कम्पनीमा सोमानी ब्राण्डेड कम्पनी हो । नेपालमा यसको माग अत्यधिक रहेको छ । लगभग एशिया, अफ्रिकालगायतका मुलुकमा पनि यो टायल्सको राम्रो बिक्री वितरण छ । सोमानीको आफ्नै स्लोगन पनि छ । ‘सोमानी इज नट जस्ट टायल, इट इज अ लाइफ स्टाइल’ हो स्लोगन जस्तै सोमानी कम्पनीले आफ्नो छुट्टै बजार ओगटेको छ । यसका हजारौं भेराइटीका ब्राण्ड रहेका छन् । सोमानीले इण्डोर, आउटडोर र अन्य सेनिटरी सामान पनि उत्पादन गर्छ । नेपाल सरकारले पनि यो टायललाई ब्राण्डेड टायलका रूपमा लिएको छ ।

- अन्य टालल्स र सोमानीका टायल्समा के फरक छ ?
यो टायल्स र अन्य टायल्समा धेरै भिन्नता छ । सोमानीका टायल्सहरू सरकारी प्रोजेक्टमा पनि एक नम्बरमा राखिएको छ । अन्य केही टायल्स कम्पनीहरू यस्ता छन्, जुन लगाएको केही समयमै चर्किने, रङ खुइलिनेलगायतका समस्या आउँछन् । तर, सोमानी कम्पनीका टायल्समा त्यस्तो समस्या हुँदैन । टायलमा इन डोर आउट डोर टायल्स रहेका छन् । हामीसँग विभिन्न तीन सय बढी प्रकारका टायल्स रहेका छन् । यसबाहेक हामीसँग वेसनका विभिन्न प्रकार, धाराका विभिन्न आइटमहरू रहेका छन् ।

-कहाँ कहाँ सप्लाइ हुन्छ ?
हामी अन्य हार्डवयेरलाई पनि सप्लाइ गर्छौं । कसैले माग गरेमा अन्य भन्दा सरल मूल्यमा त्यो दिन सकिन्छ । तर, शो रुमबाटै धेरै बिक्री भइरहेको छ । पूर्वाञ्चलमा जहाँ–जहाँ सोमानी पाइन्छ त्योभन्दा सस्तोमा हामी उपलब्ध गराउँछौँ । अन्य बिक्रेताले पनि लिएर जानुहुन्छ ।

- यो टायल्सका विशेषताहरू के–के हुन् ?
सोमानी कम्पनीका टायल्सहरू खुइलिँदैनन्, भनेको कलर फेज आउट हुँदैन । अन्य केही टायल्सहरू भन्दा हाम्रा टायलहरूको ओजन पनि बढी हुन्छ । यो फरक माटोबाट तयार गरिएको हुन्छ । यसमा २५ वर्षसम्म वारेन्टी पनि छ ।

- अन्त्यमा केही भन्नु छ ?
जागिर खाने इच्छा नहुने र व्यापार गर्ने सोखकै कारण मैले व्यवसाय सञ्चालन गरेको हो । यो शो रुम फर्मल ओपनिङ भएको एक महिना भयो । तर, त्यस अघिदेखि नै ग्राहकको मागअनुसार हामीले सामान सप्लाइ गर्दै आएका थियौं । म युकेजस्तो देशबाट फर्किर यहीँ केही गर्नुपर्छ भन्ने सोचले व्यवसायमा आएको हुँ । सम्पूर्ण महानुभावलाई म के भन्छु भने घर तथा कार्यालयमा टायल्स नै लगाउनु छ भने सोमानी कम्पनीजस्तै ब्राण्डेड कम्पनीका टायल्स लगाउनु होस् । जसले गर्दा तपाईंलाई नै ढुक्क हुन्छ । २५ वर्षसम्म नखुइलिनेलगायतका ग्यारेण्टी छ यसमा । त्यसका साथै थुप्रै भेराइटीमा पनि उपलब्ध छ ।