पाँचथर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लाभको पदमा रही अकूत सम्पत्ति आर्जन गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको तथा उनको वैध आय एक करोड २७ लाख ६६ हजार ९ सय ४५ को तुलनामा स्रोत खुल्न नसकेको एक करोड ८२ लाख ६७ हजार ७ सय ७९ को स्रोत पुष्टि नभएकाले निजले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध स्रोत पुष्टि गर्न नसकेको सोही रकम बराबर बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । वि.सं. २०६८ असोज २२ गते नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति भई कार्यरत छन् । विक सो नियुक्तिपूर्व २०६६ साल चैत १० गतेदेखि २०६८ साल असोज २१ गतेसम्म रोल्पास्थित श्रीकृष्ण माविमा राहत शिक्षकका रूपमा कार्यरत रहेका थिए । अधिकृत तहको नियुक्तिपछि गत मङ्सिर मसान्तसम्मको अवधिमा निजको आय–व्यय तथा सिर्जित सम्पत्तिमाथि अनुसन्धान गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती आइतमाली विकको पारिश्रमिक आय, जग्गा बिक्री, व्यवसाय आय एवम् कर्जालगायतबाट निजले कुल एक
करोड २७ लाख ६६ हजार ९ सय ४५ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, व्यवसायमा लगानी, शैक्षिक खर्च, कर्जा चुक्ता एवम् विभिन्न बैङ्क तथा वित्तीय संस्थामा मौज्दातलगायतमा तीन करोड १० लाख ३४ हजार ७ सय २४ खर्च तथा लगानी गरेको भेटिएको थियो । विकले पदीय दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिहेकाले कारबाही गरी पाऊँ भनी आयोगमा उजुरी दर्ता भएको थियो । उजुरीमाथिको अनुसन्धानका क्रममा निजले आफू तथा श्रीमती आइतमाली विकसमेतको नाममा चल–अचल सम्पत्ति खरिद एवम् लगानी गरेको पाइएको थियो । अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमतीविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।पाँचथर (ब्लाष्ट) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लाभको पदमा रही अकूत सम्पत्ति आर्जन गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको तथा उनको वैध आय एक करोड २७ लाख ६६ हजार ९ सय ४५ को तुलनामा स्रोत खुल्न नसकेको एक करोड ८२ लाख ६७ हजार ७ सय ७९ को स्रोत पुष्टि नभएकाले निजले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध स्रोत पुष्टि गर्न नसकेको सोही रकम बराबर बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । वि.सं. २०६८ असोज २२ गते नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति भई कार्यरत छन् । विक सो नियुक्तिपूर्व २०६६ साल चैत १० गतेदेखि २०६८ साल असोज २१ गतेसम्म रोल्पास्थित श्रीकृष्ण माविमा राहत शिक्षकका रूपमा कार्यरत रहेका थिए । अधिकृत तहको नियुक्तिपछि गत मङ्सिर मसान्तसम्मको अवधिमा निजको आय–व्यय तथा सिर्जित सम्पत्तिमाथि अनुसन्धान गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती आइतमाली विकको पारिश्रमिक आय, जग्गा बिक्री, व्यवसाय आय एवम् कर्जालगायतबाट निजले कुल एक करोड २७ लाख ६६ हजार ९ सय ४५ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, व्यवसायमा लगानी, शैक्षिक खर्च, कर्जा चुक्ता एवम् विभिन्न बैङ्क तथा वित्तीय संस्थामा मौज्दातलगायतमा तीन करोड १० लाख ३४ हजार ७ सय २४ खर्च तथा लगानी गरेको भेटिएको थियो । विकले पदीय दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिहेकाले कारबाही गरी पाऊँ भनी आयोगमा उजुरी दर्ता भएको थियो । उजुरीमाथिको अनुसन्धानका क्रममा निजले आफू तथा श्रीमती आइतमाली विकसमेतको नाममा चल–अचल सम्पत्ति खरिद एवम् लगानी गरेको पाइएको थियो । अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमतीविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।