उर्लाबारी / नगरमा एक पछि अर्को आगजनीका घट्न हुन थाले पछि उर्लाबारी नगरपालिकाले दमकल खरिदको प्रक्रिया अगाडी बढाउने भएको छ । नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारमा भएकोले प्रक्रिया पु¥याएर यसै बर्ष भित्र दमकल नगरमा भित्राउने तयारी भएको नगर प्रमुख खड्ग फागोले जानकारी दिए ।

नगरपालिकाले आम नागरिकको हितमा प्रयोग हुने दमकल खरिद नगरेको भन्दै नागरिकबाट आलोचना हुदैं आएको थियो । स्थानीय निकायमा दमकलको अभावमा आगजनीबाट बढी क्षती व्यहोर्नु परेको सर्वसाधारणको गुनासो थियो ।

मंगलबार राती मात्र उर्लाबारी नगरपालिकाको एक काष्ठ उद्योगमा आगलागी हुदा ७५ लाख मुल्य वरावरको क्षती भएको थियो ।

उर्लाबारी नगरपालिका – ७ बरगाछी स्थित कन्काई स–मिलमा उद्योगको काठ भण्डारण गरेको स्थानमा मंगलबार राती १२ बजे आगो अचानक लागेको थियो । आगलागीको कारण हालसम्म नखुलेको मिल संचालक युद्ध श्रेष्ठले बताए