धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्व विद्यालयको रुपमा स्थापीत गर्ने सरकारले निर्णय गरिसकेको जनसंख्या तथा स्वास्थ्यमन्त्रि उपेन्द्र यादवले बताए ।
आइतबार नै प्रदेश १ का स्वास्थ्य संस्थाहरुको अनुगनमा आउनु भएका मन्त्रि यादवले आगामी शैक्षिक शत्रदेखि प्रतिष्ठान छुट्टै विश्वविद्यालयको रुपमा संचालन हुने बताएका हुन । उनले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, शिक्षकहरुसँग भेट गरि सबैलाई विश्वविद्यालयको स्तर अनुसारको विस्तारका लागि नयाँ योजना बनाउन निर्देशन समेत दिऐ । ‘त्यसका लागि ऐन संशोधन गर्नु पर्ने हुन्छ । चाढै मन्त्रलायले संशोधनको प्रक्रिया अगाडी बढाउने छ ।’–मन्त्रि यादवले भने ।
छलफलमा चिकित्सकहरुले मन्त्रालयको एकेडेमीहरुको निगरानी र विस्तारका लागि स्वास्थ्य मन्त्रलायसँग कुनै वीन्स नभएको गुनासो गरेका थिए । अधिकांशले पदाधिकारी नियुक्ति गर्दा आर्थक चलखेलका कारण प्रतिष्ठान जर्जर बनेको भन्दै स्वाच्छ मान्छेलाई कुनै चलखेल विना नियुक्ति गर्न माग गरेका थिए ।
मन्त्रि यादवले गुनासोको सुनुवाई गर्दै स्वास्थ्य सम्बन्धि सबै क्षेत्रलाई निगरानी गर्न मन्लायले तीन वटा विभागहरु बनाएर काम शुरु गर्न लागेको जानकारी दिनु भयो । उनका अनुसार समग्र स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि व्यवस्थापकीय विभाग, शैक्षिक संस्था हेर्नका लागि एकेडेमीक विभाग र स्वास्थ्य सम्बन्धिका योजना, अनुसन्धानलगायतको विषयमा अध्ययन, अनुगमन गर्न प्लानिङ एण्ड रिसर्च विभाग बनाइएको जानकारी दिए ।
उनले बीपी प्रतिष्ठानको उपकुलपति चैत भित्रै नियुक्ति गरेर यहाँका सबै खाले समस्या समाधान गर्ने बताए । उपकुलपति डा. राजकुमार रौनियारलाई अनियमितताको आरोपमा गत फागुन १७ गतेको सिनेट बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रिले फागुन २६ गते सिनेटको निर्णयलाई सदर गरे पछि प्रतिष्ठान उपकुलपतिविहीन बनेको छ ।