काँकडभिट्टा । माइपोखरी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १ करोड ४० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजार रहेको गमबहादुर मुखियाको घरबाट दिउसो १ बजे भान्सा घरबाट आगलागी शुरु भएको थियो । छिमेकी चक्र मुखिया, योगबहादुर मुखियाँ, निमदोर्जे शेपाकोे घरमा आगो लाग्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर सन्दीप ओलीले बताए ।

इलाम नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको इन्स्पेक्टर ओलीले बताए ।