बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ ।
बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैङ्कले मङ्गलबार बिर्तामोडमा शाखाको उद्घाटन गर्दे जानकारी दिइएको थियो । शाखा उद्घाटन गर्दै बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले प्रदेश नम्बर १, २ र काठमाण्डौ उपत्याका लक्षित शाखा बिस्तार कार्यक्रमलाई तिब्रता दिएको बताए ।
बैंकको प्रमुख कार्यालय काठमाण्डौको ज्ञानेश्वरमा रहेको उनले बताए । बैंकले आर्थिक सोधनान्तर स्थितीमा पनि सामान्यिकरण गर्दै कारोबार सञ्चालन गर्ने बताइएको छ । झापाको बुधवारे र पाडाजुगीमा चाडै दुइवटा शाखा खोल्न लागिएको तुलाचनले बताए ।
बैङ्कका कार्यकारी निर्देशक प्रविण बस्नेतले बैङ्क र भावी योजनाका विषयमा जानकारी गराउँदै स्वस्थ्य प्रतिस्पर्धात्मकको हिसाबबाट अघि बढ्ने बताए । सरल र सहज सेवाका लागि बैङ्क प्रतिवद्ध रहेको कार्यकारी निर्देशक बस्नेतको भनाई छ । जनताका घरदैलोमा पुगेर सर्बसुलभ सेवा प्रदान गरिने प्रतिबद्धता उनको छ । उनका अनुसार बचत र मुद्धतिमा ब्याजदर ७ प्रतिशत रहेको छ ।
‘हाम्रो बैङ्कले स्वर्णिम बचत योजनामा १ लाख रुपैयाँको मेडिकल खर्च र ७ लाखको दुर्घटना बिमाको सेवाको व्यवस्था गरेको छ ’ बस्नेतले भने ‘अन्य बैङ्कले दिन नसकेको ११.९९ प्रतिशतमा होम लोन दिदै आएको छ ।’
बैङ्कका प्रदेश १ का प्रमुख सुजन राइले प्रदेश एकमा कामना सेवा विकास बैंक उपस्थिति कमजोर देखिएको भन्दै शाखा विस्तार गरि सेवा दिन आतुर रहेको बताए । उनका अनुसार उत्कृष्ट सेवा दिन भिषा कार्ड लन्च गरेको साथै भारत र भुटानमा एटिम कार्डबाट सेवा लिन सकिने बताए ।
कार्यक्रमका बिशेष अतिथि विर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले बैङ्कको व्याजदरमा व्यावसायी सन्तुष्ट हुन नसकेको भन्दै यस बैंकले सन्तुलन कायम गर्न आग्रह गरे । कार्यक्रममा शाखा प्रमुख सुवर्ण श्रेष्ठ, रमेश घिमिरे लगायतले मंगलबारदेखि खाता खोल्न शुरु गरिएको बताए ।