सिरहा / सिरहा जिल्लाको धनगढीमाई नगरपालिका जिरोमाइलबाट सुपारी बोकेको जीप प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको अधारमा आज दिउसो जिरोमाइल बरियारपट्टी सडक खण्डबाटचालक सहित नियन्त्रणमा लिएको हो । उक्त गाडी लहानबाट आइरहेको सुखिपुर जाने क्रममा चालकसहित स.१च १५९८ नम्बरको गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
उक्त गाडीमा सुपारी, इलाइची, मट्टीतेल, सोफ, इन्डोसुपारी लगायतका समान रहेको डिएसपी खरेलले बताए । बरामब भएका सामान कहाँबाट कसरी आएको यसको बैधानिकताबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।