इटहरी / घरायसी प्रयोजनका जापानीज सामानहरु मात्र पाइने ‘मिनी शो’ विराटनगरमा शूरु भएको छ । सोमबार विराटनगरस्थित सेन्ट्रल मलमा मिनी शो को शुभारम्भ भएको हो । नेपालको प्रदेश नम्वर १ मा पहिलो पटक मिनी शो सञ्चालनमा आएको हो ।
पूर्वमै स्थापित गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले नै जापानीज सामान पाइने मिनी शोको सञ्चालनमा ल्याएका हुन् । विराटनगरको सेन्ट्रल मलको ग्राउउण्ड फ्लोरमा करिव २ हजार स्क्वाईर फिट मिनी शो सञ्चालनमा आएको सञ्चालक आचार्यले जानकारी दिए । सोमबार विहान सेन्ट्रल मलको सोमबार उद्घाटन गरिएको थियो । मलको उद्घाटन सँगै जापानीज सामान पाइने मिनी शोको पनि उद्घाटन गरिएको सञ्चालक बलराम आचार्यले जानकारी दिए ।
यस्तो मिनी शो विश्वका ९० वटा देशमा करिव ४ हजार स्थानमा रहेको र जहाँ जापानीज सामान मात्रै उपलब्ध हुने सञ्चालक आचार्यले जानकारी दिए । नेपालमा १२ वटा यस्ता पसलहरु रहेको बताइको छ । मिनि शो मा घरायसी, डेली युजका सामानहरु पाइने छ । साथै जापानीज कम्पनीका कस्मेटीक्स लगायतका रहेकामा छन् । केही समयमै इटहरी, धरान, दमक लगायतका स्थानमा पनि यो व्यवसाय सञ्चालनमा आउने सञ्चालक आचार्यले बताए । उनका अनुसार यस्तो मिनि शोमा संसार भरका समान र मुल्य हुन्छ । उद्घाटनकै अवसरमा पनि ग्राहकहरुले मिनी शोको अवलोकन गर्नुका साथै घरायसी सामानहरु खरिद गरेका थिए ।