भद्रपुर / युरिया मल तस्करीमा संलग्न तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा भारत पाँचगाछी ६ का २४ बर्षीय तिलक गिरी, सोही ठाउँका २१ बर्षीय श्रवण गिरी र २० बर्षीय जोगिन्द गिरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतबाट अबैध रुपमा तीन वटा साइकलमा ९ बोरा युरिया लिई आउदै गरेको अवस्थामा ईलाका प्रही कर्यालय राजगढबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका १ पिण्डलबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई मलसहित आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको प्रहरीले जनाइएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित बिभिन्न स्थानबाट साढे ३ लाखको सामान बरामद गरेको छ । लत्ताकपडा, तेल, हार्डवेयर, सुपारी, सुर्ती लगायत गरी ३ लाख ५८ हजार २ सय मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।