विराटनगर /  औषधी व्यवस्था विभागमा विना दर्ता खुल्लेआम औषधी फार्मेशीहरू विराटनगरमा संचालनमा रहेको पाइएको छ । औषधी व्यवस्था विभागमा दर्ता गरेपछि मात्र औषधी पसल संचालन गर्नुपर्ने प्रावधन रहेको छ । तर यहाँ औषधी फार्मेशीहरूले विर्ना दर्ता संचालनमा आएको पाइएको हो । औषधी व्यवस्था विभाग विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा विराटनगर – ४ नोवेल मेडिकल कलेज अगाडी संचालनमा रहेको दुई वटा औषधी पसलहरू विभागमा दर्ता विना खुल्लेआम फार्मेशी संचालनमा गरेको पाइएपछि विभागले बन्द गरेको छ ।
अनुगमनको क्रममा विराटनगर –४ संचालन गरेको पूजा फार्मेशी र रानी फर्मेशी विभागमा दर्ता विना संचालनमा आएको बन्द गरिएको औषधी व्यवस्था विभागका फार्मेसी निरिक्षक दिपेन्द्र खड्काले जानकारी दिए । फार्मेशीका संचालकलाई दुई दिन भित्र औषधी व्यवस्था विभागमा उपस्थीति हुन दिर्नेशन दिएको उनले बताए ।
औषधि व्यवस्था विभागको अनुगमन टोली पुग्दा नोबेल मेडिकल कलेज अगाडी सञ्चालनमा रहेका पाँच वटा फार्मेसी सञ्चालकहरु भागाभाग भएका थिए । टोलीलाई देखेपछि नहर पूर्व पट्टी सञ्चालनमा रहेका ५ वटा फार्मेसीका सञ्चालकहरु भागेका हुन् ।
बमभोले फार्मेसीले प्रकृया परी नगरी सञ्चालन गरेको उजुरी परेपछि अनुगमनका लागि टोली फार्मेसी निरिक्षक दिपेन्द्र खडका र फार्मेसी फाटकै चर्तुभुज यादवको टोली पुगेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि नहरपूर्व सञ्चालनमा रहेका फार्मेसीका सञ्चालकहरु सटर बन्द गरेर भागेका थिए । अनुगमनका लागि पुगेको टोली देखेर त्रिबेणी मेडिकल र बोर्ड समेत नराखेका फार्मेसी सञ्चालक भागेका थिए । ‘हामी आउदै गर्दा सटर बन्द गरेर भागे,’ अनुगमनका लागि पुगेका फार्मेसी निरिक्षक दिपेन्द्र खडकाले भने, ‘एउटालाई भाग्दा भाग्दै बोलाएर सटर खोल्न लगायौ ।’
त्रिबेणी मेडिकलका सञ्चालकलाई भने भाग्दै गर्दा बोलाइएको थियो । बोलाएर सटर खोल्न लगाउदा व्यवसायी उपस्थीति नभएपछि तत्काल बन्द गरी दुई दिन भित्र उपस्थीत हुन निर्देशन दिएको छ । अनुगमन टोलीले पूजा फार्मेसी, रानी फार्मेसी र बमभोले फार्मेसीलाई बन्द गरी तत्काल उपस्थीत हुन निर्देशन दिएको छ ।