भद्रपुर / नेपालमा प्रति बन्धित भारतीय कुखुरासहित मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाबाट खटिएको गस्ती टोलीले सोमबार ४ लाख २५ हजार एकसय ६० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको सो कार्यालयले जनाएको छ ।
भारतबाट मे ७ प ९७१९ नम्बरको डिस्कभर र मे २ प ३२७३ नम्बरको सुजुकी मोटरसाइकलमा राखेर विभिन्न प्रकारका सामान ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरीले ४५ हजार मूल्य बराबरको भारतीय वोइलर कुखुरा,४२ हजार ७ सय मूल्यका खेलकुद सामग्री,नेपालमा प्रतिबन्धित ओरेन्ज हर्बल नामक औषधी ६४ बट्टाको ९७ हजार ४ सय ६० र मोटरसाइकलको १ लाख २० हजारका दरले दुइलाख ४० हजार मूल्य कायम गरिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए ।
सामान र मोटरसाइकललाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।