धरान । रिलायन्स लाइफ इन्स्युेन्स धरान शाखाको आइतबार उद्घाटन गरिएको छ । यो रिलायन्सको ६८ औं शाखा हो ।

प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले इन्स्युरेन्सको उद्घाटन गरिन् । उनले जीवन बिमा सबैका लागि आवश्यक रहेको बताउँदै सरकारले स्वास्थ्य बिमा अनिवार्य गरेको उल्लेख गरिन् । रिलायन्समा सिदार्थ बैङ्कको प्रमुख लगानी रहेको छ । धरान–९ पुतलीलाइनमा स्थापित शाखाको उद्घाटनका क्रममा कार्यकारी प्रमुख प्रवीणरमण पराजुलीले कम्पनीका बारेमा जानकारी गराएका थिए । उनले बिमाको बारेमा जनचेतना गराउँदै महत्वबारे पनि प्रकाश पारे ।

भरतकुमार तोदीको अध्यक्षतामा भएको कार्यक्रममा रिलायन्सका नायव कार्यकारी अधिकृत निराजन कँडेल, प्रदेश सांसद् उमिता बराइलीलगायतको उपस्थिति रहेको थियो । रिलायन्सको प्रदेश १ मा मात्रै ८ वटा शाखाहरू रहेको धरान शाखाका प्रबन्धक सञ्जीवकुमार ढुङ्गानाले जानकारी दिए । प्रदेश १ को पछिल्लो शाखाको रूपमा धरानमा उद्घाटन गरिएको हो ।