विराटनगर/ राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिको यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी महानगरपालिका भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जनाएको हो ।
विराटनगर महानगरमा यसपटक २ लाख ४० हजार मानिसहरुलाई हात्तिपाइले विरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य महाशाखाकी प्रमुख लजिता योञ्जनले जानकारी दिइन् ।

यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १५ दिनसम्म औषधी खुवाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २ सय ९२ केन्द्रहरुबाट औषधि खुवाइने योञ्जनले जानकारी दिइन् । महानगरपालिका भित्रको कुलजनसंख्या २ लाख ४० हजार ५ सय ५ जनामा आथिर्क वर्ष २०७४ सालमा ५३ हजार ५ सय ८८ ले मात्र हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेको तथ्याङक प्रस्तुत गरिएको थियो । यो २६ प्रतिशतले मात्र औषधि सेवन गरेको हो ।

हातीपाइले रोग लागेमा समयमै औषधि सेवन गरेमा यो रोग निको हुने बताउदै प्रदेश स्वास्थ्य कार्यालयका मोरङका प्रमुख ज्ञान वहादुर वस्नेतले सबैलाई औषधि सेवन गर्न अपिल गरे । विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरवासी सवैलाई औषधि खाई रोगबाट बच्न अनुरोध गरे ।

कार्यक्रममा वार्ड नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, महानगरका हातिपाइले कार्यक्रमका फोकल पर्सन सुवास नेपाल लगायतका व्यक्तिहरुको सहभागीता थियो ।