बिर्तामोड/ बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले शनिश्चरे रोडमा शिखर बजार सञ्चालनमा ल्याएको छ । शिखरले ५० लाखको लागतमा दैनिक उपभोग्य वस्तु बिक्रिका लागि बजार स्थापना गरेको हो ।

उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन शिखर बजार स्थापना गरिएको सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । किनमेल गर्ने बिदेशको अवधारणा अनुसार सबै सामग्री एउटै छानमुनी उपलब्ध गराउनु बजारको बिशेषता रहेको राउतले जानकारी दिए ।

शिखर बजारमा दैनिक उपभोग्य सामग्रीका साथै, कस्मेटिक्स, गिफ्ट, लिकर लगायतका सामग्री उपलब्ध हुने जनाइएको छ। बजारमा सामग्री खरिद गर्न आउने ग्राहकलाई स्वायप कार्डको पनि ब्यवस्था गरिएको राउतले बताए । ३ हजार बढीको सामग्री खरिदमा आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।

तीन वर्षअघि बिर्ताबजारमा स्थापना भएको शिखरको पहिलो आउटलेटको सफलताबाट प्रेरित हुँदै बिर्तामोडमा अर्काे आउटलेट सञ्चालनमा ल्याइएको बताइएको छ । सामुहिक पुँजी र सामुहिक संलग्नताले स्थानीयस्तरमा रोजगारीको वातावरण बनाउन पनि शिखर बजार सञ्चालनमा ल्याइएको संस्थाद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।