काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधीहरूले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
महासङ्घका प्रतिनिधिहरूलाई भेटेपछि प्रधानमन्त्री ओलीले बैङ्कहरूलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरे । ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस्,’ ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।’
प्रधानमन्त्री ओलीले व्यावसायीको गुनासोबारे बैङ्कहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैङ्कका गर्भनरलाई निर्देशन समेत दिए ।