धरान / धरान इसाई समाज धरानले एक दिने स्वास्थ्य शिविर कार्यक्रम धनकुटाको शहिद भूमी गाउँपालिकामा सम्पन्न गरेको छ ।
छिन्ताडस्थित अनिवार्य निशुल्क माध्यमिक विद्यालयको प्रागणमा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा २ सय जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
राई निशुल्क औषधी वितरण समेत गराएका थिए । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र प्राविधिकहरुको टोलीले स्वास्थ्य सेवा उपलव्ध गराएको थियो ।
२ सय जना मध्ये सवै भन्दा वढि छाला सम्वन्धी रोगी भेटिएको स्वास्थ्य टोलीमा खटिएका चर्म तथा यौन रोग विशेषज्ञ प्राडा धनकेशर खडकाले जानकारी दिए । टोलीमा बालविशेषज्ञ डा. अरुणकुमार सिह, डा. वीजी श्रेष्ठ, डा.सन्तोषकुमारी अग्रवाल, डा.मिलन श्रेष्ठ, लगायत रहेका थिए ।
समाजले विद्यालयका वालवालिकालाई १२० थान सुईटर, खेलकुदका सामग्री र पंखाहरु समेत वितरण गरिएको इसाई समाज धरानका अध्यक्ष कमल ह्युजले बताए ।