इटहरी/ जमाना पनि कस्तो आयो! नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल त बजारमा सजिलै बिक्रि भईरहेको छ । देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको बेला मोरङको दुलारीका स्थानीयले  उद्योगले प्लाष्टिकको चामले बेचेको भन्दै घरमा पकाएको भात लिएर चामल उद्योग घेर्न पुगका छन् ।

भात भात जस्तो नभएको भन्दै स्थानीयहरु कुकुरमा पकाएको भात लिएर चामल उद्योग पुगेका हुन् ।  मोरङको दुलारीमा रहेको बाबा बैजनाथ लघु उद्योगले उत्पादन गरेको चामलमा मिसावट भएको स्थानीयले आशंका गरेका छन् ।

बाबा बैजनाथ लघु उद्योगले उत्पादन गरेको चामल पकाएर डल्लो पारेपछि बल जस्तो बब्लीङ भएको भन्दै स्थानीयले प्लाष्टिकको चामल भएको स्थानीय बताउँछन् । स्थानीय खाना लिएर उद्योग पुगेका उमेश विष्टले भने पकाएको भात भात जस्तै छैन प्लाष्टिकको चामल भएको हामीलाई शङ्का लागेको हो अनुगमन होस् ।

पाकेको भात टिटी बल जस्तो उफ्रिन्छ । पाकेको भातको डल्लो बल जस्तै उफ्रिएपछि स्थानियले प्लाष्टिक मिसाएको आशंका गरेका हुन् । स्थानिय होटलमा दैनिक रुपमा खाना खाने ग्राहकले समेत पेट दुख्ने गरेको गुनासो गर्न थालेको होटल सञ्चालक गोविन्द नेपाल बताउँछन् ।

उनी भन्छन् खाना पनि राम्रो छैन प्लाष्टिकको जस्तो भात भईरहेको छ । भात पनि मिठो छैन उद्योगले फटाईगरेको हुन सक्न छानविन होस उनले भने ।

होटलका सञ्चालक र सो उद्योगको चामल खाँदै गरेका स्थानियले उद्योगमा गुनासो गरेका छन् । उनीहरुले घरमा पकाएको भातको भाँडो नै लिएर उद्योग पुगेका थिए । उनीहरुले उद्योग सञ्चालकका अगाडी पाकेको भातको डल्लो बनाएर बल जस्तो उफारे देखाएका थिए ।

यस्तो देखेपछि उद्योगका सञ्चालक आफै अचम्मित भएका थिए । उनले भने यस्तो त नहुनु पर्ने अचम्मै भयो उनले आश्चर्य मान्दै भने ।आफुले चामलमा कुनै मिसावट नगरेको उद्योगका सञ्चालक सुरेन्द्र साहले बताएका छन् ।

चामलको व्यवसाय गर्दै आएका साहले कुनै मिसावट गरेको विषयमा गुणस्तरले परिक्षण गर्न सक्ने उनले बताए । घटनाको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयका प्रमुख प्रमोद कोईरालाले पाकेको भातको डल्लो बल जस्तो उफ्रिएको आफुले थाहा नपाएको बताए ।

सामान्यतया पाकेको भातको सिता लस्सीने र मिचिने हुने उनले बताए । तर घटनामा यसै भन्न नसकिने उनले बताए । उद्योगका चामलको गुणस्तर जाँच गर्न हामी लाग्छौ उनी भन्छन् ।

केही समय अघि बजारमा प्लाष्टिकका चामल मिसावट भएको हल्ला चलेको थियो । प्लाष्टिकको चामल महंगो पर्ने भएकाले यताका चामलमा मिसावट गर्दा महंगो पर्ने भएकाले बजारमा हल्ला चले जस्तो नहुने खाद्य प्रविधिका प्रदेश प्रमुख कोईराला बताउँछन् ।

तर पनि गुनासोको विषयमा सत्यतथ्य पत्ता लगाउने उनले बताए ।