दमक / झापाको कमल गाउँपालिकामा १२ जनामा कुष्ठ रोगी फेला परेका छन् । गाउँपालिकालाई कुष्ठ रोगमुक्त बनाउने अभियानअन्र्तगत सञ्चालित कार्यक्रम अन्तर्गत खोजी गर्दा १२ जना कुष्ठ रोगी फेला परेका हुन् ।

कमल गाउँपालिकाअन्तर्गत साविक तोपगाछी ८ र लखनपुरमा ४ गरी १२ जना कुष्ठ रोगी फेला परेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । गाउँपालिकाले सञ्चालन गरेको कुष्ठ रोगी खोज्ने अभियानअन्तर्गत सञ्चालन गरेको कार्यक्रममा शङ्का लागि कुष्ठरोग विशेषज्ञबाट परीक्षण गर्दा ती व्यक्तिमा रोग फेला परेकाले उपचार शुरु गरिएको मिश्रले बताए ।

यो रोग अन्यमा पनि सर्नसक्ने भएकाले रोगी पहिचान भएको क्षेत्र आसपासका २० अन्य जनालाई समेत कुष्ठ रोग विरुद्धको औषधि खुवाइने प्रमुख मिश्रले जानकारी दिए ।