राजविराज / सप्तरीमा प्रहरी इन्काउन्टरमा एकको मृत्यु भएको छ । सप्तरी कडोरवनाका ३५ वर्षिय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् । राजविराजवाट रुपनी तर्फ गईरहेको प्रहरी टोलीमाथी मोटरसाइकलमा रहेका ब्यक्तीले गोली प्रहार गरेपछि जवाफी गोलि चलाउदा पछाडी बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र बिष्टले बताएका छन् ।
मोटरसाइकल चलाईरहेका अर्का भने भागेको एसपी विष्टले बताए । प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या र इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोटलगायतका घटनामा संल्न रहेको व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी साता अघि सप्तरीको बिसनपुर चौकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथी गोली प्रहार गर्ने घटनामा समेत संल्गन रहेको एसपी बिष्टले बताए । उनी सप्तरी प्रहरीको खोजकिो सूचिमा रहेका थिए ।
यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ । तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।