ताप्लेजुङ/आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई ताप्लेजुङ कारागार चलान गरिएको छ । जिल्लाको सिरीजंगा गाउँपालिकाका २० वर्षिय एक पुरुषलाई अदालतको आदेश अनुसार पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
ती युवकले गत असोज ८ मा आफ्नै श्रीमतीलाई जवरजस्ती करणी गरेको भन्दै श्रीमतीले जाहेरी दिएकी थिईन् ।
श्रीमतीको जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पौष ४ गते पक्राउ गरेको थियो । प्रहरीले अनुशन्धान तथा कानुनी प्रक्रिया पुरा गरि अदालतमा पेश गर्दा अदालतले मंगलाबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।