इटहरी /  सुनसरी दुहबीकाफिदा हुसेनको गोलीहानी हत्या गर्नेहरुलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरुमा सुनसरीका छाताबेलीका २८ बर्षिय सकिम हुसेन, सोही ठाँउ बस्ने ३१ बर्षिय जाबिर हुसेन, दुहबी १२ सितापुरका ६० बर्षिय बिसम्बर यादव र दुहबी ९ का जफार मिया रहेका छन् ।
बिसम्बर यादवले भने हतियार लुकाउन सहयोग गरेको बताइएको छ । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसमेत बरामद गरेका छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवामा उनीहरुलाई सार्वजनिक गदै हुसेनको हत्या आपसी रिसिबीको कारण भएको
सुनसरीक ाएसपी राजन अधिकारीले जानकारी दिए । घटना भएको गरिव २ महिना पछि प्रहरीले हत्यारा पक्राउ गरेका हो । एक जनालाई नेपालगंञ्ज, दुई जनाभारत र एक जनालाई दुहबीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।