उदयपुर / उदयपुरको लालपत्ताबाट लागूऔषध सहित एक बोलेरो गाडीसहित दुई जना पक्राउ परेका छन् । सिराहाको कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको बोलेरो गाडीमा सवार दुई जना लागूऔषधसहित मंगलबार विहान पक्राउ परेका हुन् ।
त्रियुगा नगरपालिका वडा नं ६ स्थिति लालपत्ता चौकीको चेकिङ टोलीले विहाने भाडा वर्तन बोकेको स १ च १६९७ नम्बरको बोलेरो गाडीमा सवार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ पर्नेमा त्रिनपा १२ निबासी १९ वर्षीय जेनिश राई र अन्दाजी १६ वर्षीय निशान रिजालको व्याग भित्रको ज्याकेटबाट ८ थान डाइजोलोपाम नामक एम्पुल, ८ थान लुपिजेसिक एम्पुल र ८ थान फेनारागन एम्पुल बरामद गरेको प्रहरीले जनाउको छ ।
बरामद भएको भाडावर्तनसहितको गाडी, चालक सिराहा सरदुवानकट्टी वडा नं ६ निबासी २९ वर्षीय देवकृष्ण खड्गा यादवसहितलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।