धरान / धरान  ८ तीनकुनेबाट लागू औषधसहित एक जनालाई धरान प्रहरील पक्राउ गरेको छ । को २६ प ९४९० नम्बरको मोटरसाइकलमा धरानतर्फ आउदै गरेका रामधुनी नगरपालिका वडा नं. ५ का ४१ बर्षीय नरबहादुर श्रेष्ठलाई तीनकुने चेकपोष्टले चेकजाचका क्रममा लागू औषधसहित प्रहरीले प्रक्राउ गरेको हो ।

मोटरसाइकलमा आएका उनलाई प्रहरीले चेकजाच गर्ने क्रममा भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा सडकमा हिड्दै गरेको कुकुरलाई ठक्कर दिई लडेपछि प्रहरीले शंका गरी चेकजाच गर्दा झोलामा लागू औषध फेला परेको थियो ।

पक्राउ परेका श्रेष्ठबाट प्रहरीले डाइलेक्स डिसी १ सय एमएलको १८ बोतल, स्मामो पोक्सिभन दुई पता (४८ क्याप्सुल) फेला परेका थियो । त्यस्तै उनको साथबाट धारिलो खुकुरी १ थान, मोवाइल एक थान बरामद गरिउको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए । पक्राउ गरेका श्रेष्ठलाई आइतबार नै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनसुन्धान शुरु गरिएको डिएसपी तिम्सिनाले बताए ।