धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभाग अन्तर्गतका रहेका अन्य तीन विभागलाई छुट्टै व्यवस्थापन गरिएको छ ।
एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भए पछि मुटु, फोक्सो, पेट सम्बन्धि छुटटै विभाग बनाइएको अस्पताल प्रशासनले जनाएको छ । इन्टर्नल मेडिसिनबाट अलग भएको मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रलाह्द कार्कीलाई जिम्मेवारी दिएको छ । सहायक प्राध्यापक डा प्रसान्त साह, डा. नविन पाण्डेलाई उक्त विभागमा पठाइएको अस्पतालन निर्देशक डा. गौरिशंकर साहले जानकारी दिए ।
यस्तै फोक्सो सम्बन्धिको विभाग पल्मोलोजीको जिम्मेवारी डा. नरेन्द्र भट्टलाई दिइएको छ । यस्तै पेट सम्बन्धिको ग्याष्ट्रोइलेक्ट्रोलोजी विभागको प्रमुखमा डा. विक्रम श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यस अघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए । उनलाई जेनेरल मेडिसिनको विभागीय प्रमुखमा डा. शर्मा यथावत रहेको अस्पताल निर्देशक साहले जानकारी दिए ।
६ महिना अघि नै कार्यकारीणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन । सहज उपचार र शिक्षाका लागि मंगलबारदेखि छुट्टै विभाग संचालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । ‘एकै स्थानबाट धेरै सेवा दिदा समस्या थियो अव भने विमारीहरुलाई पनि सहज हुने छ ।’–उपकुलपति रौनियारले भने ।
प्रतिष्ठानमा विमारीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सहज रुपमा उपलब्द गराउन विभागहरु थप गरिएको निर्देशक साहले जानकारी दिए । प्रतिष्ठानले चाढै मुट र क्यान्सर विमारी विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी गरेको निर्देशक साहले बताए । क्यान्सर रोगको सर्जरी, किमोथेरापी र रेडियसन थेरापी संचालनका लागि अमेरिकास्थित विजयफाण्डेसनसँग केही दिन अघि सम्झौता भएको अस्पतालका सहायक निर्देशक विकास साहले जानकारी दिए । ‘यो सेवा संचालन भए पछि क्यान्सरका विमारीहरुले भरतपुर र काठमाण्डौ जान पदैन् ।’–सहायक निर्देशक साहले भने ।