श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष १७ गते मङ्गलबार, १ जनवरी २०१९ । पौष कृष्णपक्षको एकादशी तिथि २७ः४८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र स्वाती ११ः५८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः१८ मा ह’नेछ । ज्यो.पंः हरि प्रसाद पौडेल मो.नंः ९८५२०६०४३०
मेष (चु,चे,चो,ला,लि,लि,ले,लो,अ)
समय सामान्यखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा सफलता मिल्ला । साथीभाइको विशेष सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । धार्मिक यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा शरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा बिघ्न बाधाहरु आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । यात्रामा शरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको क्रममा विशेष लाभ मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, दे, दो, च, चि)
समय राम्रो छ । कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।